‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिताको लागि २०२४ फेब्रुअरी २५ तारिकका दिन एक कार्यक्रमको आयोजना गरी टाई सिट सार्वजनिक गरिएको सम्पूर्णमा जानकारी गराउँदछौं । प्रतियोगिताको लागि सार्वजनिक भएको टाई सिट अनुसारका टिमहरूले फुटसल सम्बन्धी सर्वव्यापी नियमसहित एनआरएनए जापानले निर्धारण गरेका नीति नियमको पूर्ण पालना गरी अनुशासित मर्यादित भै प्रतियोगितामा सहभागिता रहने छ भन्ने विश्वास एनआरएनए जापानले लिएको छ ।